Google One एप प्रयोग गरी तपाईं आफ्नो फोनमा रहेका सामग्री स्वतः ब्याकअप गर्न तथा आफ्नो Google क्लाउड भण्डारण व्यवस्थापन गर्न सक्नुहुन्छ।
• हरेक Google खातामा नि:शुल्क रूपमा उपलब्ध हुने १५ जि.बि. भण्डारण प्रयोग गरी आफ्नो फोनमा रहेका फोटो, सम्पर्क ठेगाना र सन्देश जस्ता महत्त्वपूर्ण सामग्री स्वतः ब्याकअप गर्नुहोस्। तपाईंको फोन बिग्रियो, हरायो वा फोन फेर्नुभयो भने तपाईं आफ्नो नयाँ Android फोनमा सजिलै सबै कुरा रिस्टोर गर्न सक्नुहुन्छ।
• आफ्नो Google खाताअन्तर्गत हाल Google Drive, Gmail र Google Photos का बिचमा बाँडिएको भण्डारण व्यवस्थापन गर्नुहोस्।
अझ धेरै भण्डारण तथा सुविधा प्राप्त गर्न Google One को सदस्यता लिनुहोस्:
• आफ्ना महत्त्वपूर्ण स्मृति, प्रोजेक्ट तथा डिजिटल फाइलहरू भण्डारण गर्न आफूलाई चाहिए जति भण्डारण प्राप्त गर्नुहोस्। आफूलाई सबैभन्दा बढी उपयुक्त हुने योजना छनौट गर्नुहोस्।
मा अपडेट गरिएको
२०२५ नोभेम्बर १०